असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदेश २ सरकारको प्राविधिक विश्वविद्यालय अध्यादेश प्रदेश सभाबाट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नंं २ का सरकारले अध्यादेश मार्फत ल्याएको प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको विरोधका बीचमा बहुमतले आज पारित गरेको छ ।

प्रदेशमा प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षा प्रदान गरेर प्रदेश तथा देशको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगंजमा प्राविधिक विश्व विद्यालय स्थापना गरेर सञ्चालन गर्नका लागि प्रदेश सरकारले अध्यादेश मार्फत विधेयक ल्याएको थियो ।

अध्यादेश पारित गरेपछि स्वतः कानून बन्ने कानूनी व्यवस्था भएकाले प्रदेश सरकारलाई प्राविधिक विश्वविद्यालय स्थापनाका अन्य कामकाज गर्नका लागि बाटो खुलेको छ । केही दिन पूर्व नै प्रदेश २ सरकारले कृषि तथा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश मन्त्रीपरिषद्बाट पारित गरेपछि यस अघि नै प्रदेश सभाको बैठकबाट पारित गरिसकेको छ ।

उपसभामुख उपमदेवी देवले प्राविधिक विश्व विद्यालय अध्यादेश, २०७८ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा निर्णयार्थ पेश गर्नु हुँदा बैठकले बहुमतले पारित गरेको छ । यसै गरी अध्यादेश खारेजको मागको गर्दै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेत परमेश्वर साहले दर्ता गराउनु भएको प्रस्ताव बैठकको बहुमतद्वारा अस्वीकृत गरिइएको छ ।

यस अघि नै प्रदेश सरकारले ल्याएको कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश, २०७८ प्रदेश सभाको बहुमतले पारित गरेका थिए । अहिले सो विश्व विद्यालयको उपकुलपति पनि नियुक्त गरिसकेको छ ।

प्राविधिक विश्व विद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्यहरू अभिराम शर्मा, रानी तिवारी, नेकपा एमालेका प्रमुख सचेतक किशोरी साह कमल सहितका प्रदेश सभाका सदस्यहरूले यस्ता सकारात्मक विधेयक चोर बाटोबाट ल्याएकोमा विरोध गर्दै खारेजको माग गर्नु भएको थियो । यसले प्रदेश सभाको अधिकार सङ्कुचित गर्ने काम भएको पनि उहाहरुले बताउनुभयो ।

यसै गरी सत्ता पक्षका प्रदेश सभाका सदस्यहरू ज्ञानेन्द्र कुमार यादव, रामअशिष यादव, सुरेश मण्डल, मञ्जु यादव सहितले प्राविधिक विश्व विद्यालय प्रदेश तथा देशका लागि आवश्यक भएकाले अध्यादेश पारित गर्नु पर्ने आवश्यकतामा जोड दिनु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार