असार २८, २०८२ शनिबार July 12, 2025

लेखा परिक्षण नगर्ने विद्यालय विरुद्ध अख्तियारमा उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ खल्लागोठको बाल कल्याण आधारभूत विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएका छन् ।

कृष्णपुरका एक जना स्थानीयले विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी दिएका हुन् ।

विद्यालयका प्रधानाध्यापक मीनबहादुर धानुक र अध्यक्ष छंगा रानाविरुद्ध उजुरी परेको छ । वर्षौँदेखि लेखा परीक्षण नगराएको र अहिले बिलहरू मिलाइरहेको आरोप लगाउँदै अख्तियारमा उजुरी दर्ता भएको छ ।

प्रत्येक वर्ष लेखा परीक्षण गराउनुपर्ने कानूनी प्रावधान भए पनि उक्त विद्यालयले ४ वर्षदेखि लेखा परीक्षण नगराएको पाइएको थियो ।

प्रधानाध्यापक मीनबहादुर धानुक बिरामी भएकाले समयमै लेखा परीक्षण गराउन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छंगा रानाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार