असार २८, २०८२ शनिबार July 12, 2025

प्याब्सन दाङको अध्यक्षमा केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङको पन्ध्रौं अधिवेशनबाट मधुसुदन केसी, अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

मंगलबार दाङको घोराहीमा भएको अधिवेशनबाट केसी अध्यक्षमा चयन भएको निर्वाचन समितिले बताएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा विजय जिएम उपाध्यक्षमा चक्रबहादुर रावत र राजु यादव, सचिवमा आदीम केसी चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा पोषण न्यौपाने, सह सचिवमा डिआर भण्डारी, विकास रजौरे र सह कोषाध्यक्षमा टिम अधिकारी निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यमा विष्णुमणि देवकोटा, विमल अधिकारी , विजय गौतम, निमानन्द गैरे, विलोचन चौधरी, पुस्करदेव चौधरी, शर्मिला योगी, हरि वली, पार्वती भुसाल र कृष्णदेव पोख्रेल चयन भएका छन् ।

निर्वाचन समितिको संयोजकमा प्याब्सनका केन्द्रीय सदस्य यादव गिरी रहेका थिए भने सदस्यमा केन्द्रीय सदस्य केशव थापा र प्याब्सन दाङका सल्लाहकार विनयकुमार मिश्र रहेका थिए । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया