काठमाडौंः एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही उत्कृष्ट सेटर र सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो घोषित भएका छन् ।
बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा शाही कप्तानीमा नेपालले दोस्रो पटक उपाधि चुमेको थियो ।
नेपालले फाइनलमा उज्बेकिस्तानलाई ३-२ को सेटमा पराजित गरेको थियो ।
यस्तै प्रतियोगितामा विधागततर्फ श्रीलंकाकी प्रितिका प्रमोधानी उत्कृष्ट स्पाइकर, किर्गिस्तानकी आइदाई कादी ब्लकर र उज्बेकिस्तानकी इजोजारखोन सातिबोल देइभा सर्वोत्कृष्ट खेलाडी घोषित भए । -न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया