असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेसको प्रदेश २ मा देउवा पक्षकै दबदबा, ७२ जनाको प्रदेश कार्यसमितिमा ७ जना मात्रै इतरपक्षका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा संस्थापन पक्षकै दबदबा भएको छ ।

निर्वाचित ७२ जनाको प्रदेश कार्यसमितिमा ७ जना मात्रै इतरपक्षका विमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार निर्वाचित भएका छन् । सभापतिसहित ९ जना पदाधिकारिमा संस्थापन पक्षका सबै उम्मेदवार निर्वाचित भएका छन् ।

सभापतिमा कृष्णा यादव, उपसभापतिमा विरेन्द्र सिंह र चन्द्रखेर यादव,महामन्त्रीमा उपेन्द्र यादव र वृहपति कुमार श्रेष्ठ, सहमहामन्त्रीमा जयनारयण यादवर पशुराम चौधरी,महिला तर्फ सहमहामन्त्रीमा विन्दु यादव विजयी भएकी हुन् । यि सबै पदाधिकारी संस्थापन पक्षमा उम्मेदवार रहेका थिए ।

त्यसैगरि, खुल्लासहित विभिन्न कल्सटरमा ५६ सदस्यहरुको लागि निर्वाचन भएको थियो भने ५ जना विभिन्न कल्सटरमा निर्वाचित भएका थिए । निधि कोइरला समूहका सदस्यमा जीवनाथ चौधरी,सरोज कुमार यादव, रेखा कुमारी यादव, अच्छेलाल यादव, नितु झा, बिन्दा कुमारी पासवान र मो.तालअली अन्सारी विजयी भएका हुन् । बाँकी सबै संस्थापन समूहकै उम्मेदवारहरु विजयी भएका छन् ।

श्रेष्ठले ल्याइन् सर्वश्रेष्ठ मत

कांग्रेसको प्रदेश २ अधिवेशनमा क्षीरेश्वरनाथ नगरपालिका उपमेयर रचना श्रेष्ठ माथेमाले सर्वश्रेष्ठ मत ल्याएकी छिन् । महिलामा खुलातर्फ सदस्य पदमा उम्मेदवारी दिएकी श्रेष्ठले अधिवेशनमा सबभन्दा बढी १ हजार ९७ मत ल्याएकी हुन् ।

१ हजार ९ सय ८० जना मतदाता रहेकोमा १ हजार ८ सय ८१ जनाले मतदान गरेका थिए । केहि वर्ष अघि नेपाली कांग्रेसको महिला भातृ संगठनको महाधिवेशनमा पराजित भएकी श्रेष्ठले प्रदेश अधिवेशनमा सबभन्दा बढी मत पाउँदा खुसी भएको बताएकी छन् ।

आईएसी सम्मको अध्ययन गरेकी श्रेष्ठले भनिन्,‘मधेशमा जातियभेदभाव अत्यधिक रहेको भन्छन् । तर म मधेशका अल्पसंख्यक समुदायकी भएरपनि सबैले मलाई विश्वास गरि मत दिदाँ त्यो विभेद चिरिएको छ ।’

पार्टी, समाज,देशको लागि राम्रो काम गर्नेलाई सबैले मनपराउने गरेको बताउँदै उनले भनिन्, मैले गरेको मिहनेतलाई मध्यनजर गरेर साथिहरुले मलाई मतदान गर्नुभएकोमा मलाई हौस्याएको छ ।’ श्रेष्ठ कांग्रेस नेता मोहन कुमार माथेमाका श्रीमती हुन् । -न्युज कारखना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार