असार २६, २०८२ बिहिबार July 10, 2025

विजेता भलिबल टोली भोलि स्वदेश फर्कने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एसियन भलिबल कन्फेरेन्स (एभीसी) सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको च्याम्पियन बिहीबार बिहान सवा ११ बजे नेपाल फर्कने भएको हो ।

बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएर लगातार दोस्रो पटक उपाधि भित्राएको हो ।

प्रतियोगितामा आफ्नो पहिलो खेल श्रीलंका र फाइनलमा उज्बेकिस्तानसँग दुई–दुई सेट बाँडे बाहेक नेपाली टोलीले आयोजक बंगलादेश, माल्दिभ्स र किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको साबिक विजेता नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक भलिबलमा सबैभन्दा ठुलो उपाधि हात पारेको थियो ।

पुरुषतर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । पुरुष टोलीसमेत भोलिनै आइपुग्नेछ ।-न्यूज कारखााना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार