असार २६, २०८२ बिहिबार July 10, 2025

कर्णालीमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भलिबल खेलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ ।

बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टोलीले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेसँगै उक्त खेलका लागि कभर्डहल बनाउने निर्णय गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । सदस्य सचिव सञ्ज्यालले कर्णालीमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने जनाउनुभयो ।

“राष्ट्रिय खेल भलिबलको नेपालमा आफ्नो छुट्टै कभर्डहल छैन”, उहाँले भन्नुभयो, “त्यसैले यसको प्रशिक्षण र प्रतियोगितामा परेको प्रभावलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको भलिबलका लागि कभर्डहल बनाउने निर्णय गरेको हो ।” दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रियस्तरको रङ्गशालाभित्र अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने उहाँले बताउनुभयो ।

सदस्य सचिव सञ्ज्यालका अनुसार एक हजार ५०० दर्शक क्षमता भएको कभर्डहल बन्ने र बाहिर दुईवटा भलिबल कोर्ट निर्माणका लागि डिजाइन स्टिमेट बनाउन थालिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार