काठमाण्डौंः विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
अर्जेन्टिनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ ।
सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु भने गुमाउने भएका छन् । उनीसँगै सङ्क्रमित भएका उनका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् ।
अति तीव्र गतिमा फैलिने भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् । -एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया