असार २६, २०८२ बिहिबार July 10, 2025

चितवनमा ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चितवन डिष्ट्रिक ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल सङ्घको आयोजनामा यही पुस २० देखि आगामीमाघ ८ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको कृष्णपुर स्पोर्ट्स स्टेडियममा हरेक दिन दुई खेल हुनेछन् ।

सङ्घका महासचिव रामहरि ढकालले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल हुने बताउनुभयो । दुवै समूहको पुछारमा रहने टिम रेलिगेसनमा पर्ने छन् । ती टिम वि डिभिजनमा झर्ने छन् ।

३६ सेमीफाइनल र फाइनल गरी ३९ खेल हुने उहाँले बताउनुभयो । हरेक समूहको शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश हुनेछन् । प्रतियोगितामा १३ टिम सहभागी हुने छन् । हरेक वर्ष हँुदै आएको प्रतियोगिता कोभिड महामारीका कारण गत वर्ष हुन सकेको थिएन । विजेताले नगद रु एक लाख र ट्रफी, मेडल प्राप्त गर्नेछन् । उपविजेताले रु ५० हजार नगद र ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

तेस्रो र चौथो हुने टिमले समान रु २५ हजार नगद प्राप्त गर्नेछन् । हरेक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु एक हजार, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपर र सर्वोत्कृष्ट खेलाडीलाई समान रु पाँच हजार नगदसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता पूरा गर्न करिब रु सात लाख खर्च लाग्ने जनाइएको छ । स्थानीय प्रायोजक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आर्थिक सहयोग गरेका छन् ।

सहभागी टिममा साविक विजेता सौराहा युवा समाज सौराहासहित माडी–११ माडी, एभरेस्ट क्लब चितवन, गीतानगर व्वाइज क्लब, नारायणगढ फुटबल क्लब एनएफसी, हर्दी युवा समाज भण्डारा, नारायणी मोटर्स युनिक क्लब वसेनी, एष्ट्रल युथ सोसाइटी चोकबजार, नारायणी फुटबल क्लब, पानस युवा क्लब कृष्णपुर, केविए ग्लोबल भरतपुर फुटबल क्लब र बगान यात्रा ग्रुप भरतपुर छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार