असार २६, २०८२ बिहिबार July 10, 2025

नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा सांसद तिलकबहादुर महत क्षेत्रीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सांसद क्षेत्रीले खेलाडीले देशको नाम विश्वमा चिनाउने भएकाले उनीहरू राष्ट्रको गौरव भएको बताउनुभयो । देशलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकासका लागि आफू सदैव तयार रहेको क्षेत्रीले बताउनुभयो । खेलाडी अनुशासित हुने भन्दै क्षेत्रीले मानव स्वास्थ्यका दृष्टिकोणले समेत खेल खेल्नु राम्रो भएकाले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्नतर्फ सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर शाखाको आयोजनामा भएको प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), चितवन, काठमाडौँ, कास्की, मकवानपुर, सुर्खेत, पर्सासहितका जिल्लाबाट १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेता हुने टिमले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष भीमबहादुर महतोले बताउनुभयो । यस्तै उपविजेताले नगद रु ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महतोका अनुसार प्रतियोगिताको सबैभन्दा बढी गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकले समेत नगद रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

चालिस वर्षमाथिका खेलाडीले मात्रै खेल्ने भेट्रान्स कप फुटबल प्रतियोगिता कावासोती–१७ गोछडामा रहेको सरस्वती माविको खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटनसत्रमा अध्यक्ष महतोले युवावस्थामा खेलकुदमा सहभागिता जनाउँदै आएका तर, ४० वर्ष नाघेपछि प्रतियोगितामा सहभागिता जनाउन नपाएका खेलाडीलाई भेट्रान्स फुटबल खेलले शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त राख्न मद्दत पुग्ने बताउनुभयो ।

यसैबीच सोमबार भएको उद्घाटन खेलमा नवलपरासी पश्चिम भेट्रान्स टिम विजयी भएको छ । नेशनल भेट्रान्स चितवन र नवलपरासी पश्चिमबीच भएको खेलमा नवलपरासी पश्चिम १–२ गोलअन्तरले विजयी भएको हो । नवलपरासीको तर्फबाट कृष्ण शर्मा र नरबहादुर रानाले एक-एक गोल गर्नुभएको थियो भने चितवनका लागि सोम लामाले एक गोल गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार