असोज १३, २०८३ मंगलबार September 29, 2026

‘वनप्लस १० प्रो’ आगामी साता सार्वजनिक हुँदै, कस्ता होलान् फिचर ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बहुप्रतिक्षित स्मार्टफोन ‘वनप्लस १०’ प्रो यही जनवरी ११ तारिख अर्थात आउँदो मंगलबार विश्वबजारमा सार्वजनिक हुने भएको छ । चिनियाँ समय अनुसार मंगलबार २ बजे यो फोन सार्वजनिक हुनेछ ।

कम्पनीले आफ्नो वेबसाइटमा वनप्लस १० प्रो को टिजर राख्दै यस विषयमा जानकारी दिएको हो । कम्पनीले दिएको जानकारी अनुसार फोनको पछाडि भागमा एउटा फ्ल्याश लाइटसहित तीनवटा क्यामेरा रहने छ ।

कम्पनीका सह-संस्थापक तथा सीईओ पेटे लाउले स्मार्टफोनमा स्पेसिफिकेशन त्यति महत्व नहुने बताउँदै विबोमा आफ्ना फलोअरलाई भनेका छन, ‘उत्कृष्ट कार्यक्षमता आवश्यक पर्छ ।’

यसको अर्थ उनले स्मार्टफोनको थप जानकारी भने दिएका छैनन् । तर, यो फोनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने अपेक्षा छ । त्यस्तै ८० वाटको वायर्ड र ५० वाटको वायरलेस चार्जिङ सिस्टमसहित फोनमा ५५०० एमएएच क्षमताको ब्याट्री रहने अनुमान छ ।

६.७ इन्चको सुपर एमलोड डिस्प्ले रहने चर्चा गरिएको यो फोनका लागि कम्पनीले चिनियाँ बजारमा प्रि-बुकिङ समेत खुला गरिसकेको छ ।- टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया