असार २६, २०८२ बिहिबार July 10, 2025

ए डिभिजन लिगः मच्छिन्द्रले फ्रेन्ड्सलाई १-० ले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फ्रेन्ड्स क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाति गोल उपहारमा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगलशालामा सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई १–० ले हराएको हो ।

६७औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मच्छिन्द्रले अग्रता लिएको थियो । आठ खेल खेलेको मच्छिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ । मनाङ मस्र्याङ्दी १६ अंकका साथ दोस्रो स्थानमा छ । मनाङले पोखरा रंगशालामा च्यासल युथ क्लबको सामना गरिरहेको छ ।

पहिलो हाफको खेल सकिँदा मनाङले २–० को अग्रता बनाएको छ । यस खेलमा मनाङले जितेमा मच्छिन्द्रसँगको दुरी एक अंकमा झर्नेछ । संकटा क्लब १४ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

मच्छिन्द्रसँगको हारले फ्रेन्ड्समाथि रेलिगेशनको दबाब थपिएको छ । आठ खेलमा मात्र तीन अंक बटुलेको फ्रेन्डस अन्तिम स्थानमा छ भने १३औं स्थानको च्यासलको पाँच अंक छ ।

यसअघि दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । यसअघि नवाँै मिनेटमा सुनील बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरिदा मच्छिन्द्रले अग्रता लिने अवसर गुमायो ।

१८औं मिनेटमा फ्रेन्ड्सका गोलरक्षकले क्लियर गर्न नसक्दा प्राप्त बलमा मच्छिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरयो । २७औं मिनेटमा मच्छिन्द्रका सुनीलले गरेको क्रसमा मच्छिन्द्रका कुनै पनि खेलाडी बलसम्म पुग्न सकेनन् ।

५३औं मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले गरेको सट मच्छिन्द्रका गोलकिपर विशल श्रेष्ठले बिफल पारेका थिए । शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम ९एआरटी० को सामना गर्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार