असार २६, २०८२ बिहिबार July 10, 2025

मनाङले च्यासल यूथ क्लबलाई ५-० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई होम ग्राउण्ड रोज्यो । मनाङकै रोजाइ अनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका ३ खेल पोखरामा भए । घरेलु मैदानमा मनाङ सबै खेलमा जीत निकाल्यो । तीनवटै खेलमा जितेको मनाङ अंक तालिकाको दोस्रो स्थानमा कायम छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले च्यासल यूथ क्लबलाई ५–० गोल अन्तरले हराएको हो । जितको ह्याट्रिक गर्दा मनाङका खेलाडीले पनि ह्याट्रिक गरेका छन् । मनाङको जीतमा म्यान अफ दी म्याच आफिज ओलावालेले ३ गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल थपे ।

खेलाको तेस्रो मिनेटमै सोमिडेको गोलबाट अग्रता लिएको मनाङलाई पहिलो हाफमा ओलाओलेले १ गोल थपेर २–० को नतिजामा पुर्‍याए । त्यसपछि गोलको वर्षा भयो, इन्जुरी समयमा । ८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३–० को अग्रता दिलाएका थिए ।

इन्जुरी समयको तेस्रो र चौथो मिनेटमा गोल गर्दै ओलावालेले ह्याट्रिक पूरा गरेका हुन् । जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत छ ।  च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३औं स्थानमा रहेको छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार