असार २६, २०८२ बिहिबार July 10, 2025

पीएम कप आजबाट, पहिलो दिन चार खेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एकै दिन ४ खेल आयोजना हुनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी-२० फर्म्याटमा आयोजना गरेको हो । नेपाली टोलीले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० आयाेजना गरिएको हो ।

टियु मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा  त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । टियुमै सवा १ बजे हुने दोस्रो खेलमा एपीएफ र प्रदेश २ खेल्नेछन् ।

मुलपानीमा बिहान साढे ९ बजे हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दिउँसो सवा १ बजे सुरु हुने खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

माघ ५ सम्म चल्ने प्रतियोगितामा  १० टोलीले सहभागीता रहनेछ । जसलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए ’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।

दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश पाउनेछन् । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार