असार २३, २०८२ सोमबार July 7, 2025

आँखा किन फर्फराउँछ ? आँखा फर्फराउनु शुभ मानिन्छ या अशुभ ! जानीराखौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ज्योतिषका अनुसार हाम्रो शरीरको हरेक फरफराएको अंगले कुनै न कुनै संकेत दिने कोशिश गर्दछ । जब हाम्रो आँखा फर्फराउँछ तब यस अवस्थामा ज्योतिष शास्त्रका अनुसार हाम्रो शरीरले हामीलाई शुभ र अशुभ संकेत दिइरहेको हुन्छ ।

शुभ र अशुभ महिला र पुरुषको आँखा अनुसार पत्ता लाग्छ । शास्त्रमा महिला र पुरुष दुवैको अलग-अलग पक्षको आँखा फरफराउने स्थितिमा निर्भर गर्छ कि कुन पक्षको आँखा फर्फराउनु महिला र पुरुषको लागि शुभ हुन्छ । यसकारण आज यहाँ कुन आँखा फर्फराउनुको अर्थ शुभ या अशुभ हो भन्ने विषयमा चर्चा गरिएको छ ।

दायाँ आँखा फर्फराउनु

सामुन्द्रिक शास्त्रका अनुसार दायाँ आँखा फर्फराउनु पुरुषका लागि शुभ मानिन्छ जबकी बायाँ आँखा फर्फराउनु महिलाका लागि शुभ मानिन्छ ।

बायाँ आँखा फर्फराउनु

त्यसैगरी यदि महिलाको बायाँ आँखाको पलक र आँखीभौँ फर्फराएमा उनीहरूको लागि यो शुभ मानिन्छ तर पुरुषको लागि यो स्थिति ठिक उल्टो हुन्छ । पुरुषको कुनै पुरानो शत्रु सँग लडाई हुनसक्छ या कसैसँग शत्रुता बढ्न सक्छ ।

बायाँ आँखा र तल्लो पलक

दायाँ आँखाको माथिल्लो पलक कानको निकट भाग अथवा बायाँ आँखाको तल्लो पालकको नाकको निकट भाग फर्फराउनु शुभ समाचार प्राप्तिको संकेत हो ।

दायाँ आँखाको पलक र आँखीभौँ फर्फराउनु

यदि पुरुषको दायाँ आँखाको माथिल्लो पलक र आँखीभौँ फराफराउँछ भने उनीहरूको मनको सम्पूर्ण इच्छाहरू पुरा हुन्छन् र उन्नति एवम् धन लाभ हुन्छ तर यदि महिलाहरूको दायाँ आँखाको माथिल्लो पलक र आँखीभौँ फर्फराउँछ भने उनीहरूको लागि यो अशुभ मानिन्छ र उनीहरूको सम्पूर्ण काम असफल हुनसक्छ ।

महिलाहरूको बायाँ आँखा फर्फराएमा के गर्ने?

महिलाहरूको लागि दायाँ आँखा फर्फराउनु शुभ मानिदैन । यदि महिलाको दायाँ आँखा लगातर फर्फराएमा यस्तो अवस्थामा महिलाहरूले कुनै रुइ या कागजको टुक्रालाई आँखाको पलकमा राख्नुहोस् किनकी यसो गर्दा थोरै समय पछी आँखा फर्फराउन बन्द हुन्छ । पुरुषहरूले पनि यो उपायलाई प्रयोग गर्न सक्छन ।

वैज्ञानिक कारण

आँखा फर्फराउनुको पछाडी वैज्ञानिकहरू फरक कारण मान्दछन् । आँखा फर्फराउनुलाई ‘मायोकेमिया’ भनिन्छ । वैज्ञानिकको अनुसार पलक फर्फराउनु एक सामान्य लक्षण हो । यसमा आँखाको वरिपरीको मांसपेशी एक-आपसमा संकुचित हुन्छ, जसबाट कठिनाई त हुन्छ तर नोक्सान केही हुँदैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया