काठमाण्डौः प्रतिनिधि सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः सरेको छ ।
संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आइतबार एक विज्ञप्तीमार्फत कोभिड–१९ को बढ्दो संक्रमणका कारण उक्त समयमा बैठक बस्न नसकिएको जानकारी दिनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाद्धारा प्रतिनिधि सभाको अर्को बैठक माघ १६ गते आइतबार दिउँसो १ बजे सारिएको जनाइएको छ । यस अघि पुस २८ गते प्रतिनिधि सभाको बैठकको मिति तय भएकोमा माघ ३ गते सारिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया