असार २८, २०८२ शनिबार July 12, 2025

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो ।

आन्तरिक  प्रतियोगितात्मक  परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन  मूल्यांकनका आधारमा  ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ ।

उम्मेदवारले बुधबारदेखि दरखास्त पेस  गर्न सक्नेछन् ।

आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया