श्रावण ३१, २०८३ आइतबार August 16, 2026

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा मतदान सकियो, राप्रपामा विभाजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।

सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि छैन,’ उनले भनिन्, ‘मैले मतदान गरेँ । पार्टीले कारबाही गरे पनि भोग्ने होला अब ।’

राप्रपाबाटै निर्वाचित भएका बागलुङका उपमेयर सुरेन्द्र खड्का भने मतदानमा सहभागी भएनन् । २२९ मतदातामध्ये दुई जनाले मतदान नगरेका हुन् । अर्का एक जना मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट हुन् । उनी हाल अमेरिकामा रहेको परिवार स्रोतले जनाएको छ । विष्ट यसअघिको राष्ट्रियसभा निर्वाचनमा पनि सहभागी थिएनन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले सबैभन्दा अन्तिममा आएर मतदान गरेका हुन् । गण्डकीमा सत्ता गठबन्धन निकै बलियो छ । गठबन्धनको तीन हजार ३०० मतभार छ भने एक्लै लडेको एमालेको दुई हजार ५५६ मतभार छ । विष्ट स्वतन्त्र चुनाव जितेर एमाले छिरेका थिए । उनी नआएपनि उनको सट्टा राप्रपाकी उपमेयरले एमालेलाई मतदान गरेको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीमा तीन पदका लागि ६ जना उम्मेद्वार छन् । कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनबाट महिला कोटामा कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार उम्मेद्वार छन् । एमालेबाट भने महिलामा लिला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनामले उम्मेद्वारी दिएका थिए ।

गत २० फागुनबाट गण्डकीमा दिनानाथ शर्मा, खिमबहादुर विक र शान्तिकुमारी अधिकारीको पद  रिक्त हुन लागेको हो । मतदान सकिएकाले बुधबारै मतगणना हुने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार