श्रावण ३१, २०८३ आइतबार August 16, 2026

तनावबीच मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन, गठबन्धनको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेशमा जनमत पार्टीको अवरोध बीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भयो । विहान ९ बजेदेखि राष्ट्रिय सभाको मदतान हुने तोकिएको थियो । त्यस अघि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनकपुरधाममा प्रवेश हुने मुख्य मुख्य नाकाहरुमा बिरोध प्रदर्शन गरिरहेका थिए ।

जनमतका कार्यकर्ताहरु जनकपुरधामको पिराडी चोक, कमद चोक, मुरली चोक, रामानन्द चोक, जिरोमाईल लगायतका स्थानहरुमा विरोध गरिरहेका मतदानमा सहभागि हुन आउने प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई मतदान स्थलसम्म पुग्न निकै सकस भएको थियो । प्रहरीले उनीहरुलाई स्कटिङ्ग गरेर मतदान स्थलसम्म पुर्‍याउने काम गरिरहेका थिए ।

त्यही क्रममा जनता समाजवादी पार्टीका सांसद तथा प्रदेश मामिला संसदीय समितिका सभापति अशोक यादवले चढेको प्रदेश २–०३–००१ झ ००१८ नम्बरको गाडीमा पिराडी चोकमा तोडफोड गरेका थिए । त्यसैगरि, सर्लाही हरिवन नगरपालिका मेयर गणेश प्रसाई र उपमेयर रेणु पौडेल सवार प्रदेश २–०३–००१ झ ००२०को नम्बरको गाडीमा जनमतका कार्यकर्ताले स्थानीय राम चोकमा एक्कासी तोडफोड गरेका थिए । उक्त घटनामा मेयर प्रसाईको टाउकोमा चोटपनि लागेको छ । जनमत कार्यकर्ताले लाठी प्रहार गर्दा सांसद यादवको दाँया हात भाँचिएको छ ।

त्यसैगरि, धनुषा गाणेशमान चारनाथ नगरपालिका उपमेयर मिना यादव चढेको प्रदेश २–०३–००१ झ ००८०को नम्बरको गाडीमा सिसा फुटाईएको छ ।

त्यसैगरि बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिस साह माथी पीडारी चोकमा जनमतका कार्यकर्ताहरुले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै आक्रमण गरेका थिए । आक्रमणमा परि मेसु  साहको सवारी प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी पुर्ण रुपमा क्षतिग्रस्त भएको छ  भने मेसु  साहको मुखमा  चोट लागेर ८ वटा टका लागेको धनुषा प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

यसैबीच, जनमत पार्टीका नेता कार्यकर्ताहरुले मतदान स्थल जनकपुरधाम स्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान नजिक विरोध प्रदर्शन गर्दा प्रहरीसंग झडप समेत भएको थियो । सो क्रममा प्रहरीले पाँच राउण्ड आश्रुग्यास र लाठी चार्ज गरेको थियो । मतदान स्थलबाट जनमत पार्टीका कार्यकर्ताहरु लखेटिएपछि पिराडी चौकमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरी करीब चार घण्टासम्म प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच दोहरो झडप समेत भएको थियो ।

प्रहरीका अनुसार प्रदर्शनकारीहरुले सातवटा मतदाताको सरकारी नम्बर प्लेडको गाडीमा तोडफोड गरेका छन् भने प्रदर्शनकारीको ढुंगामुढा लागेर ४ जना प्रहरी, तीन जना जनप्रतिनिधि र एक चिकित्सक सहित ८ जना घाइते भएका छन् । ६ जना प्रदर्शनकारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रजौरे जानकारी दिए । पक्राउ परेकाहरु माथि मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक रजौरेले बताए ।

यसैबीच, राष्ट्रिय सभा निर्वाचनको क्रममा बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको अराजक क्रियाकलाप घटनाको छानबिन गर्न मधेश प्रदेश सरकारले निर्देशन दिएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

यसैबीच मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिला समूहमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहमा जनता समाजवादी पार्टी(जसपा) नेपालका खालिद सिद्धिकी विजयी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
२०८३ श्रावण ३१, आइतबार