असार २५, २०८२ बुधबार July 9, 2025

मुख्यमन्त्री र मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न योजनाको भुक्तानी हालसम्म नदिएको विरोधमा उपभोक्ता समितिका पदाधिकारीले प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीहरुको फोटो भएको ब्यानर टाँगेर जुत्ता प्रहार गरेका छन् ।

नयाँ आर्थिक वर्षको ६ महिना बित्दासमेत भुक्तानी नपाएको आक्रोसमा उपभोक्ता समितिका पदाधिकारीहरुले जनकपुरधामको जिरोमाइल चोकमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकासमन्त्री नवलकिशोर साहको फोटो भएको ब्यानरमा टाँगेर जुत्ता प्रहार गरेका हुन् ।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । प्रहरीले रोशन सिंह राणा, विमलेश ठाकुर, शंकर साह र रोशन ठाकुरलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, धनुषामा राखिएको छ ।

गत आर्थिक बर्षमा योजना सम्पन्न भए पनि प्रदेश सरकारले रकम निकासा नगरेपछि आठै जिल्लाका उपभोक्ता समितिका पदाधिकारीहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले पुस १५ गते प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री र मन्त्रीहरुविररुद्व नाराबाजीसमेत गरेका थिए ।

९१ करोड बाँकी, प्रदेशसभा नियमित अवरुद्व

आर्थिक बर्ष २०७५/७६ का योजनाको भुक्तानी हुन सकेको छैन । प्रदेश २ का अधिकांश सांसदले गत बर्ष सञ्चालन गरेका संसदीय विकास कोषका साथै सशर्त अनुदान लगायतको योजनाहरुको पनि भुक्तानी पाउन सकेका छैन ।

समयमा भुक्तानी नभएको भन्दै सांसदहरुले प्रदेशसभा बैठक अवरुद्व गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार