श्रावण ३१, २०८३ आइतबार August 16, 2026

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गरेका थिए ।

यसअघि सूचनाबाट नै बैठक आह्वान हुँदै आएको थियो भने सूचना नै जारी गरेर स्थगित हुँदै आएको थियो । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो ।

यसबीचमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित केही सांसद र संघीय संसद् सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । अध्यक्ष तिमिल्सिना कोरोनामुक्त भएपछि बैठक आह्वान गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
२०८३ श्रावण ३१, आइतबार