असार १९, २०८२ बिहिबार July 3, 2025

इन्डो प्यासिफिक स्ट्राटेजी अमेरिका र रुसबीच कडा प्रतिवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपालमा मिलेनियम च्यालेन्ज करर्पोरेसन कम्प्याक्ट (एमसीसी) परियोजना अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) अन्तर्गत हो वा होइन भन्ने विवाद चर्किरहेका बेला दुई पराम्परागत शक्तिराष्ट्र अमेरिका र रुसबीच यही विषयमा जुहारी चलेको छ ।

नेपालमा एमसीसी परियोजना आईपीएस अन्तर्गत नै भएको भन्दै विरोध हुँदै आएको छ । जबकि नेपाल सरकारले भने आईपीएसको अवधारणा लागू हुनुअघि नै एमसीसी परियोजनाको सम्झौता भएको भन्दै त्यसको बचाउ गर्दै आएको छ । अमेरिकाले नेपालको सडक र जलविद्युत् पूर्वाधार विकासका लागि एमसीसीअन्तर्गत ५० अर्ब रुपैयाँ अनुदान दिने भएपछि आईपीएससँगको सम्बन्धबारे नेपालमा विवाद भइरहेको हो ।

यही बेला भारतको राजधानी नयाँदिल्लीमा अमेरिका र रुसका उच्च अधिकारीहरू आईपीएसको उद्देश्य र लक्ष्यलाई लिएर सार्वजनिक रूपमै आरोप प्रत्यारोपमा उत्रिएको खबर कान्तिपुर दैनिकले शनिवार प्रकाशित गरिएको छ ।

दिल्लीमा सम्पन्न ‘रायसिना डायलग’ मा सहभागी रुस र अमेरिकाका उच्च अधिकारीहरूबीच यसै साता जुहारी चलेको हो । बुधबार रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले विद्यमान विश्व व्यवस्थामा अवरोध सिर्जना गर्ने र चीनलाई अलग राख्ने उद्देश्यले ल्याइएको भन्दै आईपीएसको आलोचना गरेका छन् ।

रुसी विदेशमन्त्रीले आईपीएसको चर्को आलोचना गरेको २४ घण्टा नबित्दै उच्च अमेरिकी अधिकारीले त्यसको बचाउ गरेका छन् । रायसिना डायलगकै एउटा छलफल सत्रमा बोल्दै अमेरिकाका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार म्याथु पोटिन्गरले आईपीएस विद्यमान क्षेत्रीय संरचना भत्काउनतर्फ लक्षित रहेको भन्ने रुसी विदेशमन्त्रीको आरोपको खण्डन गरे । उनले आईपीएस विधिको शासनको सम्मान गर्ने तथा सामुद्रिक र हवाई क्षेत्रको स्वतन्त्र नेभिगेसनको पक्षमा रहेका मुलुकहरूको समूह लक्षित अवधारणा भएको दाबी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार