श्रावण ३१, २०८३ आइतबार August 16, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

सङ्घीय संसद्को बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा शहीद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८’ पेश गर्नुहुने छ ।

यस्तै सभामुख सापकोटाले विसं २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
२०८३ श्रावण ३१, आइतबार