श्रावण २६, २०८३ मंगलबार August 11, 2026

क्लासिक टेकको इन्टरनेट रिफरः चार महिना निःशुल्क इन्टरनेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई चार महिना इन्टरनेट तथा टिभी निःशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपीटीभी बोनस प्राप्त गर्नेछन् ।

क्लासिक टेकले १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस गरी बिभिन्न इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये १५० एमबीपीएसको इन्टरनेट प्रति महिना ११ सय ९९ रुपैयाँमा चलाउन सकिने छ ।

ग्राहकलाई प्रोत्साहन गर्न उद्देश्यका साथ कम्पनीले यो सुविधा ल्याईएको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ ग्राहकलाई पनि न्यून मूल्यमा उच्च ब्याण्डविथ इन्टरनेट र फाइभजी गिगाहर्ज राउटरसहित आईपीटीभी समेत उपलब्ध गराउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया