भाद्र २, २०८३ मंगलबार August 18, 2026

मधेश प्रदेश सभामा रिक्त रहेका समितिको नेतृत्व चयन प्रक्रिया सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेश सभामा लामो समयदेखि सभापति विहीन रहेका संसदीय समितिको सभापति चयनको लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका लागि मधेश प्रदेश सभा सचिवालयले पक्रिया सुरु गरेको हो ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५, को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमवार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने व्यवस्था रहेको छ । तर, लामो समयदेखि सो समितिको सभापति पद रिक्त छ । तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपाबाट फाटमा सार्वजनिक लेखा समिति परेको थियो । तर, सभापति चयनको विषयमा तत्कालीन नेकपा सांसदद्वय सत्रुधन महतो र भारत साहबीच सभापतिलाई लिएर पार्टी नै दुई कित्तामा विभाजित भएपछि सभापति चयन हुन सकेन । त्यसपछि उक्त समितिको सभापति चयन हुन सकेका थिएन ।

अहिले प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी (लोसपा) रहेकोले संसदीय मर्म अनुसार लोसपाले नै उक्त समिति पाउनुपर्ने प्रावधान छ । लोसपाबाट अहिले उक्त समितिमा सांसद उपेन्द्र महतो, अभिराम शर्मा र प्रह्लाद गिरी सदस्य रहेका छन् ।

यस हिसाबले लोसपालाई उक्त समिति दिएको खण्डमा यी तीन जनाबाट एक जना सभापतिमा चयन हुने छन् । सत्तारुढ गठबन्धनले आफैसँग उक्त समिति राख्ने मनसाय बनाएको छ ।

सत्तारुढ दलले लोसपाले महिला बालबालिका तथा सामाजिक न्याय समिति छोडेपछि मात्रै लोसपालाई सार्वजनिक लेखा समिति दिन सकिने एक सांसदले बताए । प्राकृतिक श्रोत तथा वातावरण समितिका तत्कालीन सभापति नेकपाका रामचन्द्र मण्डलको पद गएपछि अहिले उक्त समिति सभापति विहीन बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार