काठमाडौंः जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रमाथि सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् ।
सोमबार बिहानै सामाजिक सन्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले एमसीसीलाई धेरै गिजोलिएमा त्यसको परिणाम गम्भीर हुनेतर्फ सबैलाई सचेतसमेत गराएका छन् ।
उनले लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रबाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जवसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तवसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको संयुक्त हस्ताक्षरमा एमसीसी मुख्यालयलाई संसदबाट परियोजना पास गराउने आश्वासनसहितको पठाइएको पत्र एकाएक सार्वजनिक भएपछि नेपाली राजनीति थप तरंगित बनेको छ । सत्ता गठबन्धन दलभित्रै समेत त्यसको विवाद सुरु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया