असार २८, २०८२ शनिबार July 12, 2025

अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

महिनौँ लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिकलगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल भएको देखिँदैन । विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा प्रमुख अशोक भण्डारीले तालाबन्दीका कारण केन्द्रीय कार्यालयको कामकाज ठप्प भएको बताउनुभयो ।

“कार्यकारी परिषद्ले आफ्नो अधिकार प्रयोग गरी रिक्त पदमा नियुक्ति दिएका हो”, उहाँले भन्नुभयो, “विद्यार्थी सङ्गठनले असन्तुष्टि जनाउँदै तालाबन्दी गरे ।” उहाँले विश्वविद्यालयका क्याम्पसको अध्ययन/अध्यापन भने सञ्चालनमै रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया