काठमाण्डौंः नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलको सचेतकमा शारदादेवी थापालाई चयन गरिएको छ ।
एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सचेतकमा थापालाई चयन गर्ने निर्णय गरेको हो । महोत्तरी क्षेत्र नं १ को (क)बाट निर्वाचित थापा प्रदेश सभासदस्य हुनुहुन्छ ।
विसं २०६१ बाट कम्युनिस्ट राजनीतिमा लाग्नुभएकी थापाले २०६४ मा पार्टीको सङ्गठित सदस्यता लिनुभएको थियो । थापा हाल एमालेको प्रदेश कमिटी सदस्यसमेत हुनुहुन्छ ।
थापालाई सचेतकमा चयन गरेको सम्बन्धमा प्रदेशसभा सचिवालयलाई पत्रद्वारा जानकारी गराइसकेको एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया