असार २३, २०८२ सोमबार July 7, 2025

थापालाई निर्वाचित तीन उपाध्यक्ष, दुई महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यको साथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गृहजिल्ला मकवानपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष कमल थापालाई  झन्डै एक सय केन्द्रीय सदस्यले साथ दिने दाबी गरिएको छ । गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले मंगलबार पार्टी परित्याग गरेका हुन् ।

गत महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही र भुवन पाठकसहित थापा पक्षबाट निर्वाचित ८० भन्दा बढी केन्द्रीय सदस्यले नयाँ पार्टी खोल्नलाई साथ दिने भएका हुन् ।

‘गत महाधिवेशनवाट तीनजना उपाध्यक्ष, एकजना महामन्त्री र एक सय ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए, ती सबै हामीसँगै रहने छन्,’ थापानिकट स्रोतले भन्यो, ‘हिजोको काठमाडौं भेलामा पनि झन्डै ६० केन्द्रीय सदस्यको उपस्थिति थियो, अचानक भेला गर्नुपर्ने भएकाले सबै आउन नभ्याएका हुन् ।’ उनका अनुसार थापा पक्षधर गत महाधिवेशनमा निर्वाचितमध्ये ८० जनाले साथ दिने प्रतिबद्धता जनाइसकेका छन् भने नयाँ दल दर्ता गर्ने अवस्थासम्म धेरै थपिने देखिएको छ ।

केन्द्रीय सदस्यहरू जयन्त चन्द, राजीव पराजुली, तोरण गुरुङ, राम थापा, दीपकबहादुर सिंह, सुशील श्रेष्ठ, राजाराम बर्ताैला, तेज कुरवान, विक्रमबहादुर थापा, जयकुमार खड्का, इन्द्र चित्रकार, वसन्तमानसिंह अधिकारी, गणेश चन्दलगायत नेताहरू थापा समूहमा रहने भएका छन् ।

राप्रपा नाम नरहने, नयाँ नाम राखिने 

पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि थापाले आफूनिकट नेताहरूसँग छलफल चलाउने भएका छन् । गृहजिल्लाबाट पार्टी परित्याग घोषणा गरेर काठमाडौं फर्किरहेका थापाले नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि छलफल चलाउने केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । ‘तर नयाँ पार्टीको नाम राप्रपा रहँदैन, हामीले राप्रपा नाम राख्न पनि हुँदैन, त्यसैले नयाँ नाम तय गरेर दल दर्ता हुनेछ,’ उनले भने, ‘राप्रपा विभाजन नगर्ने तर अन्य नाममा नयाँ दल दर्ता गर्ने सोचमा कमल थापा हुनुहुन्छ, त्यहीअनुसार छलफल चल्नेछ ।’ उनका अनुसार अधिकांश जिल्ला अध्यक्षहरू पनि थापाको पक्षमा खुल्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार