वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

सर्लाहीमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्लाहीको हरिवन नगरपालिकामा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

१० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका गरी २० जना सहभागी रहेका प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताउनुभयो । चेतना सन्देश नेपालको सह आयोजनामा हरिवन–५ स्थित द्वन्द्व पीडित बाल गृहमा प्रशिक्षण भइरहेको छ ।

प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती एवं बेची लुङेलीले ढोलक र मादल बजाएर आज तालिमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय नाच घरका पूर्व अध्यक्ष राजेश थापा, सांस्कृतिककर्मी चन्द्रलाल क्याप्छाकि, चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, सामाजिक व्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा मादल, ढोलक लगायत परम्परागत लोकबाजाको प्रशिक्षण दिइने प्रशिक्षक भरत बुढाथोकीले जानकारी दिनुभयो । तालिमले रुचि भएका कला पारखीको कलालाई व्यावसायिक बनाउन सहयोग पुग्ने आयोजकले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसदको संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
२०८१ वैशाख २८, शुक्रबार
स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले (पत्रसहित)
२०८१ वैशाख २८, शुक्रबार