वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

बालकुमारी मन्दिरबाट हराएको मूर्ति जस्ताको तस्तै भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज(शुक्रबार)बिहान मूर्ति फेला परेको जानकारी दिए ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करुणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।

बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ। केही बेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया