असार २८, २०८२ शनिबार July 12, 2025

‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पु-याउनुपर्छ ’- मन्त्री क्षेत्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पु¥याउनुपर्ने बताउनुभएको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित प्रभात माध्यमिक विद्यालयको आइतबार शिलान्यास गर्दै उहाँले शिक्षकलाई दोष दिई शैक्षिक गुणस्तरमा प्रश्न उठाउन मिल्दैन भन्नुभयो । “शिक्षकलाई मात्र दोष थुपारेर अन्य पक्ष जिम्मेवारीबाट पन्छिन मिल्दैन”, उहाँले भन्नुभयो, “सबैका आ–आफ्ना परिभाषित जिम्मेवारी छन्, सबैले ती जिम्मेवारी पूरा गरे सामुदायिक विद्यालय नमूना बन्न सक्छन, सबैको सहकार्यबाट सकारात्मक नतिजा आउँछ ।”

भेरीगङ्गा नगरप्रमुख भूपेन्द्रबहादुर चन्दले प्रदेश सरकारबाट पालिकामा भए गरेका विकास निर्माणप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले चालु आर्थिक वर्षको पहिलो चरणमै सामुदायिक विद्यालय भवनको शिलान्यास सुरु भएको जनाउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न विद्यालय व्यवस्थापन र उपभोक्ता समितिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरउप्रमुख उपप्रमुख रेणु आचार्य, वडाध्यक्ष मानबहादुर बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार