असार २१, २०८२ शनिबार July 5, 2025

भारतद्वारा ३५ सय किमि मार हान्ने आणविक क्षेप्यास्त्र परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतले अनेकौँ ढिलाइपछि के–४ क्षेप्यास्त्र परीक्षण गरेको छ। ३५ सय किमिसम्म मार हान्न सक्ने यो क्षेप्यास्त्र अरिहन्त समूहको पन्डुब्बीबाट प्रहार गर्न मिल्छ।

आन्ध्र प्रदेशनजिकै समुद्रबाट आइतबार यो क्षेप्यास्त्र परीक्षण गरिएको जनाइएको छ। गत अक्टोबरमा नै परीक्षण गर्न खोजिएपनि विविध कारणले यो पछि सरेको थियो। चौथो प्रयासपछि परीक्षण सफल भएको हो।

भारतसँग भएको यो सबैभन्दा शक्तिशाली हतियार मध्ये एक हो।

भारतको डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसनले ५ हजार किमि मार हान्न सक्ने के–५ क्षेप्यास्त्र पनि बनाइरहेको छ।

यससँगै आकाश, जमिन र पानीमुनिबाट पनि आणविक क्षेप्यास्त्र प्रहार गर्न सक्ने छैठौँ मुलुक बनेको छ भारत। अमेरिका, रुस, चीन, फ्रान्स र बेलायतसँग मात्र यस्तो क्षमता थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया