श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमालेको साथ खोज्दै कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी संसद्बाट अघि बढाउने पक्षमा छ भने गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने अडानमा छन् । ती दुई दलले बिहीबारको गठबन्धन बैठकमा पनि अडान कायम राखेपछि सरकारको नेतृत्व गरेको दल कांग्रेस विकल्पको खोजीमा अघि बढेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको संवादलाई पनि तीव्रता दिएको छ ।

एमसीसीमा गठबन्धनमा जुटेन सहमति

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमसीसी जसरी पनि अघि बढाउने भन्दै सहमति दिन देउवाले माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालसँग बिहीबार पनि आग्रह गरेका थिए ।

तर, ती दुवै दलका अध्यक्षले भने एमसीसी’बारे थप छलफल गरी संसद्को अवरोध खुलाएर सहमतिमै एमसीसी अघि बढाउनेगरी वातावरण बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

‘संसद्को अवरोध हटाउने विषयमा गम्भीर रूपमा छलफल भयो, शुक्रबार बिहान पुनः शीर्ष नेताको बैठक बसेर एमसीसी’बारे थप छलफल गर्ने सहमति भएको छ,’ गठबन्धन बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने ।

बैठकमा माओवादी केन्द्रले भने एमसीसीमा रहेका प्रावधान’बारे थप स्पष्ट पारिनुपर्ने र संसद्को अवरोध खोलिनुपर्ने भनेको हो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा थप प्रस्टता आवश्यक रहेको र थप छलफल हुनुपर्ने धारणा बैठकमा राखिएको बताए ।

‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद् सुचारु नहुँदासम्म कसरी पेस हुन सक्छ, पहिला संसद् सुचारु हुनुपर्छ र एमसीसी’बारे थप छलफल र स्पष्टता जरुरी छ,’ श्रेष्ठले भने ।

बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समर्थन गर्दै एमसीसीलाई रोक्नुपर्ने कुनै कारण नभएको भन्दै अघि बढाउनुपर्ने बताएका थिए ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छः देउवा
२०८२ श्रावण ५, सोमबार
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार