काठमाडौंः अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा साझा सहमति जुटाउन बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष टुंगिएको छ । एमसीसीलाई संसद्मा टेबल गराउने विषयमा सत्तारूढ गठबन्धनभित्रै विवाद रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल एमसीसी संसद्मा टेबल गराएर पास गराउने गृहकार्यमा लाग्नु भएको छ ।
तर, सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संशोधनबिना एमसीसी टेबल गराउन नहुने अडान लिँदै आएका छन् । एमसीसी जबरजस्ती संसद्मा टेबल गरे सरकारबाट बाहिरिने चेतावनी प्रधानमन्त्री देउवालाई दिइसकेका छन् । एकीकृत समाजवादीले भने एमसीसीको बारेमा निर्णय लिएको छैन ।
प्रधानमन्त्री देउवा एमसीसी संसद्मा टेबल गरेर पास गराउने चाहानाका साथ अगाडि बढे पनि माओवादीका अध्यक्ष प्रचण्डका कारण अगाडि बढन सक्नुभएको छैन । एमसीसी टेबल गर्नका लागि संसद्मा सभामुखले एमसीसीलाई कार्यसूचीमा समावेश गर्नुपर्ने हुन्छ । तर, माओवादीको चाहानाविपरीत सभामुख सापकोटा एमसीसीलाई कार्यसूचीमा राख्न तयार हुनुभएको छैन ।
बुधबारकै बैठकमा नै सरकारले एमसीसी टेबल गर्ने गृहकार्य अगाडि बढाएको थियो । तर, माओवादीले जबरजस्ती एमसीसी अगाडि बढाए सरकारबाट बाहिरिने चेनावतीका कारण प्रधानमन्त्री देउवा ब्याक हुनुभएको थियो । संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको भेटवार्ताका कारण एमसीसी टेबल हुनबाट रोकिएको थियो ।यो समाचार नेपाल समाचारपत्रमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया