भाद्र २, २०८३ मंगलबार August 18, 2026

प्रजातन्त्रकै जगमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा : अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्रकै जगमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेकाे बताएका छन् ।

७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्बिको शुभकामना व्यक्त गर्दै तिमिल्सिनाले राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई हामीले स्थापित र कार्यान्वयन गर्न सकेकाे बताएका छन् । ‘वीर सहिदको बलिदानबाट जहानिया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्न सफल भएकोले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ,’ उनले सन्देशमा भनेका छन् ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उनले बताएका छन् ।

‘विकसित र समृद्ब नेपाल निर्माणका लागि राष्ट्रिय एकता आजको आवश्यकता हो। तर सङ्‍कीर्ण स्वार्थका लागि जेजस्ता गतिविधि भइरहेका छन् त्यस्ता प्रवृत्ति प्रति सम्पूर्ण राजनीतिक दलहरु र आम नेपाली जनता सजग र सचेत हुन आवश्यक छ। व्यक्तिगत र दलगत सङ्‍कीर्ण स्वार्थ त्यागेर राष्ट्र निर्माणको महान अभियानका लागि सबै राजनीतिक दलहरु बीचको सहमतिले शहिदहरु प्रतिको सम्मान हुने छ,’ तिमल्सिनाले भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार