असार २३, २०८२ सोमबार July 7, 2025

मिन्स भएको कति दिनदेखि यौन सम्पर्क राख्दा गर्भ रहदैंन ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ।

यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब – (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ।

यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ :

१. डिम्ब निष्कासन,
२. यौन सम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपण।

एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भनेमहिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वायोभन्दा केही बढी नै बाच्न सक्छन् । त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिकोसमयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षितकाल मानिन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया