वैशाख २७, २०८१ बिहिबार May 9, 2024

आजको राशीफलः वृषलाई अर्थलाभ, कर्कटको मनमा निराशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आजको पात्रोः आज ९ फागुन २०७८ सोमबार, तदनुसार २१ फेब्रुवरी २०२२ । फागुनकृष्णपक्ष पञ्चमी, कौलब करण, चित्रा नक्षत्र, गण्ड योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः ३७ मा हुनेछ भने सूर्यास्त ५ः५९ मा हुनेछ । आज विहान ०८ः०३ देखि ९ः२८ सम्म राहुकाल छ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ । आज विहान ११ः५६ देखि १२ः४१ सम्म अभिजित मुहूर्त रहेको छ । आजको देवता अग्नि र ग्रहदेव शनि रहेको छ । सोमबार शिवको प्रियबार हो, त्यसैले सोमबारको दिन देवादिदेव शिवलाई स्मरण गर्ने दिन हो । सोमबारको दिन शिवमन्दिरमा जाने गरिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन अर्थलाभको योग रहेको छ । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्व तर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आज तपाईले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा  छाउने छ  आज । पारिवारिक समस्याका कारण आयभन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ,व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । विहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन तपाईको मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग छ । परिवारका सदस्यहरुसँग सामान्य विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं राम्रो हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाईलाई अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आकस्मिक धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु वेश हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन तपाईले सिर्जनात्मक काममा ध्यान दिनुहोला । मौन रहनु फाइदा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
२०८१ वैशाख २८, शुक्रबार
पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ
२०८१ वैशाख २८, शुक्रबार
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
२०८१ वैशाख २७, बिहिबार
उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं : अशोक राई
२०८१ वैशाख २७, बिहिबार
एमाले र माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने तयारीमा
२०८१ वैशाख २७, बिहिबार
एकीकृत समाजवादीले तत्काल सरकार छोड्ने सम्भावना छैन : उपाध्यक्ष पाण्डे
२०८१ वैशाख २७, बिहिबार
लिङदेनको प्रश्न- प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?
२०८१ वैशाख २७, बिहिबार