भाद्र १, २०८३ सोमबार August 17, 2026

अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक सवा १ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बोलाइएको परामर्श समितिको बैठक बस्न दलका नेताहरू आ-आफ्नै दलको बैठकमा व्यस्त रहेकाले ढिलाइ भएको सभामुख सचिवालयले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया