असार २८, २०८२ शनिबार July 12, 2025

विद्यालयमा खानेपानी समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ।

सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराउनुभएको थियो । तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालयसम्म पु¥याउन सकिएको अवस्था छैन ।

विद्यालय परिसरमा एउटा गैरसरकारी सस्थाले धारा जडान गरेको छ, तर यसमा पानी आउदैन । धारामा कमिला हिँडिरहेका हुन्छन् । शौचालयमा पानी हुँदैन । शौच गर्न खोलाबाट पानी बोक्नुपर्छ । खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरू किनेको छ । यही खोलाबाट विद्यार्थीले पानी बोकेर प्रयोग गर्ने गर्छन् । विडम्बना त के छ भने विद्यार्थीले त्यही खोलाको पानी प्रयोग गर्छन् । गाउँका मान्छेले पनि खोलामा बगिरहेको त्यही पानी प्रयोग गर्ने गरेका छन् । धेरै माथिको मुहानबाट बगेर आएको पानी नै विद्यार्थीले पिउनुपर्ने बाध्यता छ । “हामीले विभिन्न ठाउँमा पानीको उचित व्यवस्थापनका लागि भनेर पहल ग¥यौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर विकले भन्नुभयो, “तर अहिलेसम्म कुनै पनि निकायबाट सहयोग भएको छैन ।”

विद्यार्थी खोलाको दूषित पानी पिउन बाध्य रहेको जनाउँदै यसमा समयमै ध्यान दिनुपर्ने विद्यालयका प्रधानाध्यापक मीनबहादुर केसीले बताउनुभयो । दूषित पानी खाँदा विद्यार्थीलाई असर गर्न सक्ने जनाउँदै यसमा सचेत हुुनुपर्ने उहाँको भनाइ थियो । विद्यालयमा खानेपानीको समस्या देखिएपछि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले अवलोकन गर्नुभएको छ । उहाँले सो अवसरमा प्रदेशको प्रतिस्थापन बजेटबाट रु आठ लाख बजेटबाट भवन निर्माणको काम सुरु भएको र खानेपानीको समस्या समाधान समेत गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयमा पर्खालको पनि उत्तिकै समस्या छ । विद्यालय खुला छ । यसले गर्दा पटक–पटक विद्यालयको झ्यालढोका तोडफोड हुने गरेको प्रअ केसीको भनाइ छ । शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छ शिक्षक कार्यरत छन् । दुई स्थायी, एक राहत, एक बाल विकासमा कार्यरत र अन्य दुई विद्यालयले व्यहोर्ने गरी शिक्षक र कर्मचारी राखिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार