असार २८, २०८२ शनिबार July 12, 2025

लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।

भेलाले विश्वविद्यालय बाँकेको खजुरामै स्थापनाको लागि दबाब दिन प्रदेश सभासदस्य आरती पौडेलेको संयोजकत्वमा सङ्घर्ष समिति निर्माण गरेको छ । बाँके र बर्दियाका प्रदेश सभासदस्य, जिल्ला समन्वय समितिका संयोजक, जिल्लाका सबै पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्ष, पेसागत सङ्घसङ्गठनका छाता सङ्गठनका अध्यक्ष सम्मिलित समिति निर्माण गरिएको हो ।

विश्वविद्यालयका लागि १०० बिघा जमिन कानुनीरुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटमार्फत खजुरामा लम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने घोषणा भएको थियो । यसका लागि खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका–८ रनियापुरमा एकसय बिघा जमिन नापी गराई प्रदेश विश्वविद्यालयका लागि उपलब्ध गराउनुका साथै गाउँसभा र जिल्ला सभाबाट समेत पारित गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पूर्ण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश विश्वविद्यालयको लम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको छ । विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भए पनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्ने कुराले जिल्लावासीलाई चिन्तित हुन पुगेका छन् । विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भए पनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्न नहुने जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार