वैशाख ३०, २०८१ आइतबार May 12, 2024

रसुवाको उत्तरी भेगका तामाङले मनाए तिर पर्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रसुवाको उत्तरी भेगका तामाङ समुदायले तिर पर्व मनाएका छन् । आइतबार जिल्लाको उत्तरी भेगका तामाङ समुदायले हर्षोउल्लासका साथ तिर पर्व मनाएका हुन् ।

नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिन जिल्लाको उत्तरी भेग बृद्घिम, टिमुरे, लाङटाङ लगायतका स्थानमा तिर पर्व मनाइन्छ । तामाङ संस्कृतिको भेषभुषा पहिरनमा गत वर्ष जस्तै यो वर्ष पनि तिर हानेर याे पर्व मनाएको गोसाइकुण्ड गाउँपालिका ३ लिङलिङका स्थानीय कैसाङ तामाङले बताए ।

वर्षौदेखिको संस्कृति लोप हुन नदिन हरेक वर्ष सबै भेला भई यो पर्व मनाउने गरिएको उनले बताए । यो पर्वमा गाँउका युवाहरुले नाँचगान गर्छन् । तिर हान्ने प्रतियोगिता नै संचालन हुन्छ । तिर हान्ने प्रतियोगितामा विजेतालाई पुरस्कृत समेत गर्ने गरिएको छ ।

आपसी मेलमिलाप र सदभाबको बिकास गर्दै गाँउमा प्राकृतिक प्रकोप, रोग ब्याधि र अनिकाल नपरोस भनि गाँउका सबै जना भेला भई पुजा आजा गरि यो पर्व मनाउने गरिएको समेत उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिरीबन्धु प्रकरणमा सर्वोच्चको पूर्णपाठ : ‘हदबन्दी छुटको जग्गा बेच्न, मास्न र बाँझो राख्न निषेध’
२०८१ वैशाख ३०, आइतबार
नीति तथा कार्यक्रम बैठक अवरुद्ध गर्ने कांग्रेसको संकेत
२०८१ वैशाख ३०, आइतबार
सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख ३०, आइतबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
२०८१ वैशाख ३०, आइतबार
नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारबाट
२०८१ वैशाख २९, शनिबार
सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी
२०८१ वैशाख २९, शनिबार
जसपा सरकार ढाल्ने खेलमा लाग्दैन : जसपा महासचिव राई
२०८१ वैशाख २९, शनिबार