असार २८, २०८२ शनिबार July 12, 2025

मध्यपश्चिम विश्वविद्यालयद्वारा भाषा तथा सीप विकास केन्द्र स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यावसायिक सीप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाको अध्ययन र व्यावसायिक सीप सिकाउने उद्देश्यले केन्द्रको स्थापना गरेको हो ।

संयुक्त राष्ट्र सङ्घका प्रमुख छ भाषा, विश्वमा सबैभन्दा बढी माग भएका र सभ्यतासँग जोडिएका भाषा सिकाउने उद्देश्यले केन्द्रको स्थापना भएको विश्वविद्यालयले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक उपप्राध्यापक चित्रबहादुर केसीले संयुक्त राष्ट्र सङ्घका भाषाका अतिरिक्त जर्मन, जापनिज, कोरियन र विश्व सभ्यतासँग जोडिएका ल्याटिन, ग्रिक, संस्कृतलगायतका भाषाको अध्ययन गराइने जानकारी दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले आज वीरेन्द्रनगर नगरपालिका–८ खजुरामा स्थापना गरिएको केन्द्रको विधिवत् उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपकूलपति सिंहले विश्वविद्यालयले नियमित प्राज्ञिक गतिविधिका अतिरिक्त विश्वस्तरका भाषा र सीप सिकाउन जोड दिएको बताउनुभयो ।

“विश्वका जुनसुकै ठाउँमा गएर पनि टिक्न सक्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्यअनुसार केन्द्र स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “भाषा सिकाउने मात्र नभई ती भाषा बोलिने मुलुकमा पुग्ने विद्यार्थीलाई सीपमूलक व्यावसायिक पाठ्यक्रम तयार गरी रोजगारीमा जोडिनेछ ।” तत्कालका लागि कोरियन भाषा सञ्चालन हुनेछ । कार्यकारी निर्देशक केसीका अनुसार कोरियन भाषा सञ्चालनका लागि बुधबारदेखि निवेदन माग गरिने र चैत १६ गतेदेखि कोरियन भाषाको कक्षा सञ्चालन हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार