असार २५, २०८२ बुधबार July 9, 2025

कृषिको बदलिँदो स्वरूप – डा. सुभाष पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसारले धेरै किसिमको चुनौती भोगिरहेकोछ। कुनै समस्या स्थानीय दुःखमा सीमित छन् भने केही चुनौतीले भौगोलिक सीमा पार गरेर विश्वलाई ललकारिरहेकोछ।

दर्जनौँ समस्यामध्ये जलवायु परिवर्तन एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो समस्याका रूपमा देखापर्‍यो। अठाराैँ शताब्दीपछि संकलित आकडाले पृथ्वी दिनानुदिन तातो हुँदै गएको छ। औद्योगिकीकरणलाई जलवायु परिवर्तनको मुख्य दोष दिने गरेकामा पछिल्ला अन्वेषणले फरक पक्षलाई मुख्य दोषी देखाएको छ।

धेरै अध्ययनले बढ्दो जनसंख्यालाई सन्तुलित आहार ख्वाउने पेसा कृषि तथा पशुपालनलाई जलवायु परिवर्तनका लागि प्रमुख दोषी ठहर्‍याएको छ।

पशुपालनका क्रममा मिथेनलगायतका ग्रिनहाउस ग्यास पैदा हुने अनि त्यस्ता खराब वायुले पृथ्वीको तापक्रम बढाउँछ। तापक्रम बढ्दा हिमाल तथा गोलार्धका हिऊ पग्लन गइ समुद्र सतह बढ्छ। परिणामस्वरूप बङ्गलादेश जस्ता समुन्द्री तटका धेरै देश अस्तित्ववाट हराउने देखिएको छ।

तसर्थ, पृथ्वीलाई जोगाउन ग्रिनहाउस ग्यासको उत्पादन घटाउनु अपरिहार्य छ। एकातिर कृषिजन्य पेसाले जलवायु परिवर्तनलाई उकासेको देखियो भने अर्कोतिर कृषिमा प्रयोग हुने कीटनाशक ओखती तथा लाइभस्टककालागि अपरिहार्य एन्टिबायोटिक्सको प्रयोगले क्यान्सरलगायतका विभिन्न नवीन रोगहरू देखिएको सप्रमाण तथ्यांक लिएर बसेका छन् वैज्ञानिकहरू। कृषि तथा पशुपालनको प्रचलित अभ्यासले वातावरण बिगार्नेमात्र होइन, बरु अर्बुदरोगको प्रधान कारकसमेत देख्दा विश्वलाई परम्परागत भोजनको विकल्प दिनुपर्ने विज्ञानको बाध्यता देखियो।

बढ्दो आवादीलाई ख्वाउन घनाजंगल नासी खेतबारी बनाउनु बाध्यता भएको छ। वन नासिएपछि वातावरणीय सन्तुलन बिग्रियो। बेमौसमी अतिवृष्टि तथा अनावृष्टिको सिकार बने अब्बल दर्जाका खेतहरू। सुरुमा निकै फल्ने खेत पछिल्लो दिनमा समान रहेन। आजभन्दा ४०–५० वर्षअघिको पाँगो माटो भएको उब्जाउ जमिन अहिले बलौटे खेत बन्यो। पहिले देशभरलाई अन्न ख्वाउने सामथ्र्य राख्ने तराई लखतरान भयो।

आयातीत मल अनि उन्नत नश्लको बलमा मात्र कृषि उत्पादन बढ्न कठिन भयो, धेरै मुखमा माड लगाउन जटिल देखियो। यी कृषिजन्य चुनौती नेपालको मात्र दुःख होइन, संसारको साझा समस्याका रूपमा देखियो। जमिनको मात्र भर पर्दा आउँदा वर्षहरू अझ जटिल बन्ने ठानी वैज्ञानिकहरू पानीमा अन्नबाली उत्पादन गर्न सकिने विज्ञानको खोजमा लागे। झण्डै ७१ प्रतिशत पानीले ढाकेको पृथ्वीमा जमिनको बदला जलमा बाली लगाउन सके लाभ हुने नै भयो।

त्यसै क्रममा जमिनको बदला मलखादको बलमा पानीमा खेती गर्ने विधि, हाइड्रोपोनिक्स, विकास पनि भयो। जमिनमा मात्र फल्ने बालीनालीले पानीमा समेत उत्पादन दिने भयो। तर प्रयोगशाला परीक्षणमा सफल देखिएको पानीमा खेती गर्ने विधिले संसारको खाद्यान्न माग धान्न सक्ने अवस्था रहेन।

जमिन र पानीमा उत्पादित उब्जनीले संसारको माग दिगो हिसाबले धेरै वर्ष धान्न नसक्ने निष्कर्षसहित विश्वलाई ख्वाउन नवीन कृषि विधिका रूपमा सेलुलर एग्रिकल्चरको परीक्षण गर्दैैछन वैज्ञानिकहरू। मानिसलाई चाहिने सबै पोषण पदार्थ जमिनमा उत्पादित अन्नबाली तथा पशुपक्षीले धान्दै आएकामा आउँदा दिनमा भित्रने प्रयोगशालामा बनेको खान्कीले विश्वलाई खुवाउने विधि सेलुलर एग्रिकल्चरको चर्चा यो आलेखको मर्म हो।

लाखौँ किसिमका कोस (सेल) मिलेर प्राणी तथा वनस्पति बन्छन्। तसर्थ, शाकाहारीले खाने भोजन तथा मांसाहारीको आहारा लाखाँै सेलले पूर्ति गर्छ। सबै किसिमका कोसका चरित्र र बनोट फरक फरक हुन्छन्। कुनै सेलमा कार्बोहाइड्रेट, कुनैमा प्रोटिन अनि कुनै कोसमा फ्याटको मात्रा अधिक हुन्छ। तसर्थ, कस्तो किसिमको खान्की हामीले खायौँ त्यसैअनुरूपको पोषण पदार्थ शरीरमा आपूर्ति हुन्छ।

जनावरका कोसमा प्रोटिनको मात्रा अत्यधिक हुने भएकाले बढ्दो उमेरका बच्चालाई माछामासु बढी ख्वाउने संहिता बन्यो। त्यस्तै जीवनको उत्तरार्धमा पुगेकालाई तुलनात्मकरूपले थोरै प्रोटिन भए पुग्छ। खासरूपले भन्ने हो भने विभिन्न उमेर समूहका मात्र होइन,शारीरिक परिश्रम तथा मानसिक खटानमा रहने मानिसले खाने भोजन पृथक हुन आवश्यक हुन्छ।

जीवनशैली र उमेरअनुसार सन्तुलित खानाको बनोट फरक हुन्छ। कसैलाई प्रोटिन अनि कसैलाई कार्बाेहाइड्रेटको मात्रा अधिक चाहिनु अस्वाभाविक होइन।

अहिले ब्याक्टेरिया, इस्ट, ह्युमनलगायतका विभिन्न किसिमका कोस प्रयोगशालामा सहजै उत्पादन गर्न सकिन्छ। ब्याक्टेरियालगायतका कोस केबल केही मिनेटको अन्तरालमा दुगुना हुन्छन्। कोसहरू एकै दिनमा एउटाबाट अरबौँको झुण्ड बन्न पुग्छन्। ठूला ठूला व्यावसायिक प्रकृतिका रियाक्टर प्रयोग गरेर एकै दिनमा हजारौँ किलो कोस उत्पादन गर्न सकिन्छ।

साथै, मोलिकुलर बायोलोजी र जेनेटिक्सको परिमार्जित बिधिमार्पmत कोसका चरित्रहरू सजिलै परिमार्जन गर्न सकिन्छ। प्राकृतिकरूपले प्रोटिन अत्यधिक हुने कोसलाई समान्य बायोलोजिकल विधिमार्फत कार्बोहाइड्रेट अत्यधिक हुने सेल बनाउन सकिन्छ। मानिसको आवश्यकताअनुसार प्रोटिन, कार्बोहाइड्रेट तथा फ्याटको सन्तुलित बनोट भएको कोस ल्याबमा बनाउन सकिन्छ।

यसै अवधारणालाई आत्मसात गर्दैै फिनल्यान्डमासोलार फुड्स भन्ने कम्पनी खुल्यो। उक्त कम्पनीको उद्देश्य आवश्यकताअनुसारको सन्तुलित आहार आपूर्ति गर्नु मात्र होइन, बरु परम्परागत कृषि तथा पशुपालन भन्दा पृथ्वी तथा बाह्य वातावरणलाई अति न्यून दबाब दिनु हो। बिजुलीको सहायताले पानीबाट हाइड्रोजन ग्यास निकाल्ने अनि उक्त हावालाई वायुमण्डलको कार्बनडाइअक्साइड, पानी, भिटामिन र मिनरलको सन्तुलित आपूर्तिगरी उक्त वातावरणमा माइक्रो अर्गेनिज्म कल्चर गर्नेहो।

यसरी वायुमण्डलको हावालाई मुख्य पदार्थका रूपमा प्रयोग गर्दै ल्याबमा उत्पादित माइक्रोबिल बायोमास प्रोटिनका रूपमा बिक्रीकालागि बजारमा ल्यायो कम्पनीले। साथै शाकाहारीलाई प्रोटिन आपूर्ति समस्याका रूपमा रहेको अहिलेको अवस्थामा यो अन्वेषणलाई वैष्णव समुदायका लागि ठूलो फड्को मान्न सकिन्छ।

मुख्य त हावा, पानी र बिजुलीको सहायताले ल्याबमै आवश्यक मात्रामा प्रोटिन बनाउने सोलार फुड्सको अवधारणाको सफलतापछि युरोपियन स्पेस एजेन्सीले भविष्यमा मंगल ग्रहमा मानव बस्ती बसाउने योजनालाई उल्लिखित वैज्ञानिक सफलताले मद्दत गर्ने बतायो।

सोलार फुड्सको ४० लिटर क्षमताको बायोरियाक्टरमा ६ जनालाई खान्की पुग्ने दाबा गर्छन् संलग्न विज्ञहरू। खाद्यान्न आपूर्तिकालागि पशुपन्छी हुर्काउन महिनौँ लाग्ने भए पनि यो हावाबाट प्रोटिन बनाउने विधिमार्पmत केही दिनमै ठूलो परिमाणमा प्रोटिन बनाउन सकिने भएकाले अनिकालमा खाद्यआपूर्तिको माध्यम बन्न सक्ने देखिन्छ। त्यस अतिरिक्त हावामा आधारित प्रोटिन उत्पादनका क्रममा लाइभस्टकको दाँजोमा केवल १ प्रतिशत मात्र ग्रिन हाउस ग्यास उत्पादन हुने भएकाले यो विधिले ग्लोबल वार्मिङ रोक्न मद्दत पुग्ने देखियो।

अहिले संसारका धेरै ल्याबमा सजिलैसँग जनावर तथा वनस्पतिको कुनै पनि भागका कोसलाई चाहेअनुरूप मात्रामा उत्पादन गर्न सकिन्छ। तर ती परीक्षणले मूर्त रूप लिन धेरै धन, पसिना र समय खर्च भयो। सन् २०१३मा नेदरल्यान्डसको म्यास्ट्रिच विश्वविद्यालयका प्राध्यापक मार्क पोस्टले सर्वप्रथम ल्याबमा मासु उत्पादन गरी बर्गर बनाए।

प्रुफ अफ् प्रिन्सपलका रूपमा उत्पादन गरिएको उक्त बर्गरको मूल्य ३ लाख डलर पर्‍यो भने उत्पादनकालागि समय झण्डै २ वर्ष लाग्यो। पहिलो पटक कुनै पनि वस्तुको उत्पादन खर्चिलो हुनु अस्वाभाविक होइन।

ठूलो मात्रा र बारम्बार उत्पादन गर्नुपर्ने भएपछि विधि र अनुसन्धानले वस्तुको उत्पादन सबैको पहुँचमा पुग्छ भन्ने कुरा बुझ्न कम्पुटरको आविष्कार, बजार र मूल्य हेर्दा पुग्छ। अहिले पनि ल्याबमा उत्पादित मासु तथा वनस्पति खेतमा उत्पादित वस्तु भन्दा अत्यधिक महँगाछन्। तर उत्पादन र पहुँचका हिसाबले सहज हुनेबित्तिकै कुनै पनि नवीन आविष्कारको दाम घट्नु अस्वाभाविक होइन।

द गुड फुड इन्स्टिच्युटले प्रकाशित गरेको नतिजाअनुसार सन् २०१९सम्ममा ल्याबमा मिट तथा सिफुड उत्पादन गर्ने लक्ष्यका साथ विश्वमा ५५ कम्पनी स्थापना भएका छन्। ल्याबमा खाद्यान्न उत्पादन गर्ने कम्पनीहरूको भविष्यप्रति आशावादी देखी लगानीकर्ताले झण्डै २० करोड अमेरिकी डलर लगानी गरेका छन्।

बजारमा बिक्री हुने खाद्यान्नमा विभिन्न ओखती तथा विषादी प्रयोग हुने तर ल्याबका सबै कामकारबाही पारदर्शी रहने भएकाले प्रयोगशालमा उत्पादित खाद्यान्नको भविष्य उज्ज्वल देख्छन् अन्वेषणकर्ताहरू। त्यस अतिरिक्त ल्याबमा खाद्यान्न तथा माछामासु उत्पादन गर्दा जलवायु परिवर्तनलाई निकै कम असर पर्ने भएकाले ग्लोबल वार्मिङबाट विश्वलाई जोगाउन ल्याब प्रोड्युसड फुडलाई प्रोत्साहन गर्नु बाध्यता हुने देखियो। भावी मार्ग असंभाव्य रहे पनि ल्याब निर्मित खाद्यान्नले सहज पहुँचको चरणमा पुग्न भने धेरै समय कुर्नुपर्नेमा शंका छैन। खेतमा अन्नबाली अनि चौपाया हुर्काउने क्रम घट्ने अनि ल्याब निर्मित खाद्यान्नको बजार आपूर्ति बढ्ने समयको आगमन क्षितिजमा देखियो। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार