असार २९, २०८२ आइतबार July 13, 2025

धनगढीमा चैत ६ गते देखि राष्ट्रिय यू-१९ महिला क्रिकेट हुने, प्रथम पुरस्कार ५ लाख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनगढीमा चैत ६ गतेदेखि राष्ट्रिय स्तरको यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगिता सञ्चालन नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले सञ्चालन गर्ने छ । प्रतियोगिता बारेमा जानकारी दिंदै क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू–१९ प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

‘सिनियर क्रिकेट प्रतियोगिता जताततै भइरहेका छन्, ‘उनले भने, ‘तर यू–१९ स्तरका महिला खेल खास्सै सञ्चालन हुन सकेका छैन, तर क्रिकेटको आधार यू–१९ नै भएका कारण त्यसलाई बलियो बनाउन खोजेका हौं ।’

प्रतियोगितामा ७ वटै प्रदेशबाट यू–१९ समुहको टोली सहभागि हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख तथा उप विजेता टोलीलाई ३ लाख प्रदान गरिने उनले बताए ।

क्रिकेटको राष्ट्रिय टोलीलाई बलियो बनाउन यू–१९ स्तरका घरेलु प्रतियोगिता हुन आवश्यक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले बताए । जब सम्म तल्लो स्तरबाटै स्तरिय खेडालीको पहिचान गर्न सकिंदैन तव सम्म राष्ट्रिय टोलीलाई बलियो बनाउन सकिंदैन,’ सिंहले भने, ‘प्रदेश सरकारले त्यही उद्देश्य अनुरुप यू–१९ महिला क्रिकेट सञ्चालन गर्न थालेको हो ।’ धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता चैत ११ गते समापन हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार