असार २३, २०८२ सोमबार July 7, 2025

जापानमा ७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानमा गएको भूकम्पमा परी २ जनाको ज्यान गएको छ भने अरू ९२ जना घाइते भएका छन् ।उत्तर पूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ । बुधबारको सो भूकम्पबाट भएको अरू क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।

बुधवार रातिको सो भूकम्पका कारण धेरै नागरिक त्रसित भएका बताइएको छ । बिहीबार बिहान ६.३० बजे प्राप्त समाचारमा सो भूकम्पबाट कम्तीमा २ जनाको ज्यान गएको र अरू ९२ जना घाइते भएका बताइएको छ ।उत्तर पूर्वी जापानका मियागी र फुकुसिमा प्रिफेक्चर सो भूकम्पबाट प्रभावित भएका थिए । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७.४ रेक्टर स्केलको रहेको बताइएको छ ।

राति ११.३६ को समयमा भूकम्पको महसुश गरिएको थियो । फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ ।भूकम्प लगत्तै सुनामीको चेतावनी दिइएको थियो । तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरूले जनाएका छन् ।

यी दुई प्रिफेक्चरका समुद्रमा एक मिटरसरम्म माथि आएको मापन गरिएको थियो । पछि सो तह घटेकाले सुनामीको खतरा टरेको थियो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार