वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

दाङ-प्युठान सीमानामा बस दुर्घटना, एकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिवार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो ।

प्युठानको माण्डवी गाउँपालिका–२ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै १२ यात्रु घाइते भएका छन् । ना३ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा कति यात्रु थिए अझै पत्ता लागेको छैन । घटनास्थलमा अहिले बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष भक्तबहादुर वलीसहित स्थानीय उद्धारमा खटिएका छन् ।

दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाइतेलाई अहिले स्थानीयले उद्धार गरी उपचारका लागि मुर्कुटी अस्पतालमा लगिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार