वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

जुवा खालबाट २९ पक्राउ, ११ लाख बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

गए राति विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु छ लाख ९८ हजार ८४५ र २२ थान कौडा, पासा खेल्न प्रयोग हुने १९ थान लामो र सानो गोटी, त्यसमा प्रयोग हुने थर्पु कपडा बरामद गरेको छ ।

यता काठमाडौँ महानगरपालिका–१५ कारखाना चोकस्थित मञ्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ नागार्जुन नगरपालिका–२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोकका ४९ वर्षीय दोर्जे तामाङलगायत आठ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नगद रु तीन लाख ६१ हजार तथा तीन बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राईलगायत १० जनालाई गए राति पक्राउ गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु ४० हजार ९०० र तीन बुक तास बरामद गरेको छ । तीनै वटा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार