असार २९, २०८२ आइतबार July 13, 2025

राजर्षि जनक कपः एपीएफ क्लब क्यामरुनसँग ट्राइब्रेकरमा पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सशस्त्र प्रहरीको फुटबल क्लब  एपीएफलाई ट्राइब्रेकरमा पराजित गर्दै पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन अन्तिम चारमा प्रवेश गरेको छ । जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तरगत शनिबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पाहुना टोली क्यामरुनले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफ क्लब र अफ्रिकन एभिनिर फुटबल क्लब क्यामरुनबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि खेल ट्राइब्रेकरमा धकेलिएको हो । खेलको ३७ औ मिनेटमा क्यामरुनका कप्तान रोनीले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । जर्सी नम्बर ११ का मार्टीनले डिबक्स भित्र दिएको पासलाई सशक्त प्रहार गर्दै रोनीले गोलमा परिणत गरे ।

यस्तै खेलको ८१ औ मिनेटमा एपीएफका सविन गुरुङले क्यामरुनका गोलकिपरलाई बिट गर्दै बराबरी गोल फर्काए । जर्सी नम्बर २ का विश्वास उदासको क्रसपासमा गुरुङले गोल गरेका हुन् । गुरुङको गोलसँगै  एपीएफ खेलमा फर्कियो । तर त्यसपछि दुई टोलीले खेलमा थप गोल गर्न सकेनन् । दुवै टिमका खेलाडीबीच गोल थप्न निकै घम्साघम्सी भएको थियो ।

एपीएफका खेलाडीका लागि खेलको सुरुको केही मिनेट र अन्तिम ५ मिनेट राम्रो अवसर बन्यो तर सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । एभिनियर फुटबल क्लब क्यामरुनका दुई खेलाडी इटोका र जोस्पीन ८८ र ८९ औँ मिनेटमा लगातार दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिए । त्यस पछि क्यामरुन ९ खेलाडीमा सीमित भए । क्यामरुन ९ खेलाडीको अवस्थामा रहेको ५ मिनेट पनि  एपीएफले सदुपयोग गर्न सकेन ।

खेलको पहिलो मिनेटमै  एपीएफका युवाराज खड्का क्यामरुनका गोलकिपर एलिन सँग वान टु वानको अवस्थामा पुगे । खेलको १२ औँ मिनेटमा एफिएफका टोप विष्टको पासमा युवराज खड्काले गरेको हेड फस्ट बार नजिकैबाट बाहिरियो । शनिवार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न खेलको म्यान अफ द म्याच घोषित हुँदै क्यामरुनका गोल किप्पर रोड्रिग्वे नगद १० हजार पुरस्कार प्राप्त गरे ।

यस्तै आइतबार हुने पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डर च्याम्पियन पिप्ले युवा क्लब हेटौडा र हिमालयन सेर्पा खेल्ने छन् । हिमालयन सेर्पा धु्रवतारा फुटबल क्लब झापालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । भने, डिफेन्डर च्याम्पियन पिप्लेले एक खेल वाई पाएको थियो ।  चैत १३ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार