वैशाख २२, २०८१ शनिबार May 4, 2024

कास्कीमा १५ सय म्यादी प्रहरी चाहिने, आजदेखि आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी स्थानीय तहको निर्वाचनका लागि कास्कीमा झन्डै एक हजार पाँच सय म्यादी प्रहरी आवश्यक पर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालयले चुनावमा खटाउने गरी एक हजार चार सय ७१ म्यादी प्रहरी भर्ना गर्न लागेको छ । उसले भर्ती हुन चाहनेका लागि आइतबार सूचना जारी गरी आह्वान गरेको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० वटा मतदानस्थल कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान गर्ने ठाउँको टुंगो लगाएको हो । सोहीअनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको छ ।

कार्यालयका अनुसार अघिल्लो स्थानीय चुनावकै आधारमा मतदानस्थल कायम गरिएको छ । पाँच स्थानीय तह रहेको कास्कीमा ७२ वडा छन् । नयाँ नामावलीअनुसार दुई लाख ८१ हजार नाै सय ४० मतदाता छन् । पूरा मतदातामध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष छन् । जिल्लाभर चारजना पारालैंगिक मतदाता छन् ।

आवेदन दिनेले आइतबारदेखि ११ चैतसम्म फारम बुझाइसक्नुपर्ने छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा पास भएका, विभिन्न सुरक्षा निकायमा काम गरि निवृत्तीभरण वा उपदान पाएका पूर्वसुरक्षाकर्मी तथा वन रक्षकहरू र विगतमा म्यादी भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने प्रहरी कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको हुनुपर्छ । १८ देखि ५४ वर्ष उमेर पुगेकाले आवेदन दिन पाउँछन् । यही २२ चैतसम्म अन्तिम नतिजा निकाल्ने र प्रशिक्षण दिएर निर्वाचन हुने ठाउँमा खटाइने कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार